शिक्षकलाई जिल्लान्तर र अन्तर स्थानीय तहमा सरुवा गर्न रोक (पत्रसहित)

शिक्षकलाई जिल्लान्तर र अन्तर स्थानीय तहमा सरुवा गर्न रोक (पत्रसहित)


काठमाण्डु – शिक्षा मन्त्रालयले अन्तर स्थानीय तहमा शिक्षक सरुवामा कडाइ गरेको छ ।

मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव श्रोत विकास केन्द्र, शिक्षक व्यवस्थापन समन्वय महाशाखा भक्तपुरले सबै शिक्षा विकास तथा समन्व्य एकाइ र स्थानीय तहलाई परिपत्र गरेर शिक्षक सरुवामा तीन बुँदे निर्देशन दिएको छ। स्थायी पदपूर्तिको लागि शिक्षक सेवा आयोगमा माग गरिएको पदमा जिल्लान्तर तथा अन्तर स्थानीय तह सरुवा गरी पदपूर्ति नगर्न भनेको छ।

त्यस्तै, खुद पुल दरबन्दीमा रहेका तथा दरबन्दी कटौतीमा परेका स्थानीय तहको हकमा उक्त खुद पुल दरबन्दीको शिक्षक पदमा सरुवा नगर्न निर्देशन दिएको छ।

यससँगै बढुवाका लागि निवेदन पेश गरेका उम्मेदवारको ठाउँमा पनि तत्काल सरुवा सहमति नदिने भनेको छ।

त्यसबाहेक ७५ प्रतिशत कार्यसम्पादन मूल्याङ्कनका आधारमा हुने बढुवाका लागि निवेदन पेस गरेका सम्भाव्य उम्मेदवारको हकमा बढुवाको नतिजा प्राप्त नभएसम्म सरुवा सहमति नदिन स्थानीय तहलाई निर्देशन दिएको छ ।