ईजीपी प्रणाली ह्याक प्रकरणः थप २ जना पक्राउ

ईजीपी प्रणाली ह्याक प्रकरणः थप २ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सार्वजनिक खरीद अनुगमन कार्यालय (पीपीएमओ)को विद्युतीय खरीद प्रणाली (ईजीपी)मा अनधिकृत पहुँच गरी ठेक्कासम्बन्धी विवरण हेरफेर गरेको आरोपमा थप २ जना पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले आइतबार पेप्सिकोला र बालाजुबाट दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिरहाको लहान नगरपालिका–१ स्थायी ठेगाना भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका–३ बसोबास गर्दै आएका ३० वर्षिय स्वदेश पोखरेल र नुवाकोटको ककनी गाउँपालिका–३ स्थायी घर भई हाल काठमाण्डु महानगरपालिका–१६ बालाजु बस्ने ४५ वर्षिय प्रकाश ढुंगाना रहेका छन् ।

उनीहरू ईन्कोन प्रालिका शेयरधनी तथा लेखापाल र कल्पवृक्ष बिल्डर्स प्रालिका सञ्चालक रहेको खुलेको छ ।पक्राउ परेका दुवै जनामाथि संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत समेत थप अनुसन्धान भइरहेको सीआईबीले जानकारी दिएको छ ।

यसअघि ईजीपी प्रणाली ह्याक गरी ठेक्काका आर्थिक प्रस्तावसम्बन्धी कागजात हेरफेर गरेको आरोपमा ९ जना पनि पक्राउ परिसकेका छन् ।

अनुसन्धानका क्रममा ह्याकरहरूले बोलपत्रको आर्थिक प्रस्ताव खोल्नुअघि नै कागजात परिवर्तन गरी ठेक्का प्रभावित पार्ने कार्य गरेको पाइएको छ ।

घटनामा विद्युतीय कारोबार ऐन, २०६३ तथा संगठित अपराध निवारण ऐनअन्तर्गत अनुसन्धान भइरहेको छ ।