आठ थान बन्दुक बरामद

आठ थान बन्दुक बरामद

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काँक्रेविहार (सुर्खेत)-सल्यानमा आठ थान भरुवा बन्दुक बरामद गरिएको छ । बन्गाड कुपिण्डे नगरपालिका १२ चौरस्थित सिद्धगुफा सामुदायिक वनबाट तीन, बस्नेउरा सामुदायिक वनबाट तीन र त्रिवेणी गाउँपालिका ५ डाँडासल्ले सामुदायिक वनबाट दुई गरी प्रहरीले आठ थान भरुवा बन्दुक बरामद गरेको हो । 

जिल्ला प्रहरी कार्यालयमा  प्रहरी निरीक्षक देवराज भट्टराईका अनुसार बन्दुक वन्यजन्तु चोरीसिकारी गर्नका लागि लुकाएको हुनसक्ने बताए ।  एक हप्ताको अवधिमा यी भरुवा बन्दुक बरामद गरिएको हो ।