उपनिर्वाचन: आज राति १२ बजेदेखि मौन अवधि सुरु हुने, के-के गर्न पाइँदैन ?


काठमाण्डु- संघीय उपनिर्वाचन अन्तर्गत आज राति १२ बजेबाट मौन अवधि सुरु हुने भएको छ। आज राति १२ बजेबाट मौन अवधि सुरु हुने र मौन अवधिमा प्रचारप्रसार गर्न नपाइने निर्वाचन आयोगले जानकारी दिएको हो ।

जसअनुसार चुनावको प्रचारप्रसार वैशाख ७ गते राति १२ बजेसम्म मात्रै गर्न पाइने छ । चुनाव हुनुभन्दा ४८ घण्टाअघिबाट प्रचारप्रसार गर्न पाइँदैन । बैशाख १० गते चितवन क्षेत्र नम्बर २, बारा क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र नम्बर १ मा उपनिर्वाचन हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement