उपनिर्वाचनको अन्तिम परिणाम मंगलबारसम्म आइसक्ने


काठमाण्डु- रिक्त भएको प्रतिनिधिसभा सदस्यका लागि चितवन २ बारा २, र तनहुँ १ मा आइतबार भएको उपनिर्वाचन शान्तिपूर्णमा सम्पन्न भएको छ ।

तीन वटै क्षेत्रमा शान्तिपूर्ण र उत्साहजनक रुपमा मतदान सम्पन्न भएको निर्वाचन आयोगले जनाएको हो । आयोगको प्रारम्भिक विवरणअनुसार तीनवटै क्षेत्रमा औषतमा ६० प्रतिशत मतदान भएको छ। यद्यपि मतदानको विवरण भने आयोगको सूचना प्रणालीमा प्रविष्टि हुने क्रममा रहेको आयोगले जनाएको छ।

आयोगका अनुसार बारा २ मा ६४ प्रतिशत, चितवन २ मा ६३ प्रतिशत र तनहुँ १ मा ५३ प्रतिशत मत खसेको छ। मतदान सम्पन्न भएका सबै मतदानस्थलबाट साँझदेखि नै मतपेटिका संकलन कार्य भइरहेको छ। साथै आयोगले आज भएको उपनिर्वाचनको अन्तिम परिणाम मंगलबारसम्म आइसक्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement