पुस १८ गतेभित्र उम्मेदवार सिफारिस गर्न प्रदेश कमिटीलाई एमालेको पत्राचार


काठमाण्डु- नेकपा एमालेले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि पुस १८ गतेभित्र उम्मेदवारहरू सिफारिस  गर्न निर्देशन दिएको छ ।

एमाले महासचिव शंकर पोखरेलले प्रदेश कमिटीलाई पत्राचार गर्दै पुस १८ गतेभित्र खाली भएको समूहमा प्रत्येक क्लस्टरबाट एक जना महिलासहित तीन जनाको नाम सिफारिस गरेर पठाउन मातहतका कमिटीहरूलाई निर्देशन दिएका हुन् ।

१९ पुसबाट सिफारिस नामहरूमाथि छानबिन सुरु हुने र उम्मेदवारको टुङ्गो लगाउने एमालेको तयारी छ ।   राष्ट्रिय सभा निर्वाचन माघ ११ गते हुने भएको छ । उक्त निर्वाचनमा सत्ता गठबन्धन मिलेर निर्वाचन लड्ने घोषणा गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement