इलाम र बझाङमा वैशाख १५ गते उपनिर्वाचन हुने

इलाम र बझाङमा वैशाख १५ गते उपनिर्वाचन हुने


काठमाण्डु- इलाम निर्वाचन क्षेत्र नम्बर २ मा २०८० साल वैशाख १५ गते उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगको आइतवार बसेको बैठकले कोशी प्रदेशको इलाम-३ र मा सुदूरपश्चिम प्रदेश बझाङ जिल्ला प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा वैशाख १५ मा निर्वाचन गराउने निर्णय गरेको हो ।

इलाम-२ मा २०७९ मा भएको निर्वाचनमा एमालेका नेम्वाङ निर्वाचित भएका थिए भने बझाङ-१ को प्रदेशसभामा नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंह निर्वाचित भएका थिए ।

नेम्वाङको भदौ २६ गते हृदयाघातका कारण निधन भएको थियो भने सिंहको असार २५ मा सवारी दुर्घटनामा निधन भएको थियो ।