आज राति १२ बजेबाट उपनिर्वाचनको प्रचारप्रसार गर्न नपाइने


काठमाण्डु- निर्वाचन आयोगले उपनिर्वाचनको प्रचारप्रसारका लागि आज अन्तिम दिन भएको जनाएको छ । निर्वाचन कार्यतालिकाअनुसार आज राति १२ बजेबाट उपनिर्वाचनको प्रचारप्रसार गर्न पाइँदैन।

निर्वाचन आचारसंहिताअनुसार निर्वाचन हुने ४८ घण्टाअघिदेखि चुनावको प्रचारप्रसार गर्न पाइँदैन। प्रतिनिधि सभातर्फ इलाम–२ र प्रदेश सभातर्फ बझाङ १ को क मा उपनिर्वाचन हुँदै छ।

इलाममा १९ र बझाङमा ११ उमेदवार चुनावी मैदानमा छन्। यही वैशाख १५ गते इलाम र बझाङमा उप निर्वाचन हुन लागेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement