आयोगले राष्ट्रपतिलाई बुझायो राष्ट्रपतिलाई उपनिर्वाचनको प्रतिवेदन


काठमाण्डु- राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन बुझाइएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य उपनिर्वाचन, २०८१को निर्वाचन परिणामसहितको प्रतिवेदन बुझाएका हुन्।

प्रतिनिधिसभा अन्तर्गत इलाम क्षेत्र नम्बर २ र प्रदेशसभा सदस्य तर्फ बझाङ १ को १ मा गत शनिबार सम्पन्न भएको उपनिर्वाचनमा क्रमशः एमालेका उम्मेदवार सुहाङ नेम्वाङ र दमनबहादुर भण्डारी विजयी भएका छन्। अब उनीहरूले कानुनबमोजिम शपथग्रहण गरेपछि सांसदको रूपमा काम गर्न पाउनेछन्।

यही वैशाख १५ गते शनिबार इलाम २ मा प्रतिनिधिसभा र बझाङ प्रदेशसभाको उपनिर्वाचन भएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement