स्थानीय तहका कुन–कुन ४० स्थानमा हुँदैछ निर्वाचन ? (सूचीसहित)

स्थानीय तहका कुन–कुन ४० स्थानमा हुँदैछ निर्वाचन ? (सूचीसहित)

कांग्रेसले जितेका २५ पदमा उपनिर्वाचन हुँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – आगामी १६ मंसिरमा स्थानीय तहका रिक्त ४० पदमा पदपूर्तीका लागि निर्वाचन हुँदैछ । दुर्घटना, प्रकोप र रोगव्याधिलगायतले जनप्रतिनिधिको निधन भएपछि रिक्त भएका स्थानीय तहका विभिन्न ४० पदमा निर्वाचन हुन लागेको हो ।

खाली भएका पदमा जिल्ला समन्वय समितिका प्रमुख २, गाउँपालिका अध्यक्ष २, नगरपालिका प्रमुख १, गाउँपालिका उपाध्यक्ष ४, नगरपालिका उपप्रमुख १, गाउँपालिका वडाध्यक्ष ९ र नगरपालिका वडाध्यक्ष २१ गरी ४० पद रहेका निर्वाचन आयोगले जनाएको छ ।

रिक्त भएका धेरै स्थान नेपाली कांग्रेसले जितेका जनप्रतिनिधिको निधन भएकाले देखिएको छ । गत निर्वाचनमा कांग्रेसको तर्फबाट २ जिल्ला समन्वय समिति प्रमुख, ३ पालिका प्रमुख, ३ पालिका उपप्रमुख र १७ वडाध्यक्ष गरी २५ जनप्रतिनिधि निर्वाचित भएका स्थानमा अहिले उपनिर्वाचन हुन लागेको छ ।

नेकपा माओवादीले जितेका २ पालिका उपाध्यक्ष र ५ वडाध्यक्ष गरी जम्मा ७ पदमा उपनिर्वाचन हुँदैछ । नेकपा एमालेले जितेका ६ वडाध्यक्षको स्थानमा पनि उपनिर्वाचन हुँदैछ ।

जनता समाजवादीले जितेको १ वडाध्यक्ष र स्वतन्त्र (कैँची)ले जितेको १ वडाध्यक्ष पद रिक्त रहेकाले उपनिर्वाचन हुन लागेको निर्वाचन आयोगले जनाएको छ ।

यस्तो छ रिक्त रहेका स्थानीय तहका पदहरूको विवरण