प्रतिनिधिसभाको ३७ क्षेत्रमा यी उम्मेदवारबीच हुँदैछ प्रतिस्पर्धा (नामावलीसहित)


काठमाडौं– प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणमा मंसिर १० गते हुने निर्वाचनका लागि आइतबार मनोनयन दर्ता भएको छ।

 

 

आसन्न निर्वाचनका लागि दलहरु वाम र लोकतान्त्रिक गठबन्धनमा आवद्ध भएर चुनावी मैदानमा होमिएका छन्।

 

पहिलो चरणको निर्वाचनका लागि एमाले र माओवादी ६० र ४० प्रतिशत क्षेत्रमा भागवण्डा गरेर उम्मेदवार तय गरेका छन्। पहिलो चरणमा ३२ जिल्लामा प्रतिनिधिसभा सदस्यतर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ ७४ वटा निर्वाचन क्षेत्रमा चुनाव हुँदैछ।

 

 

माओवादी केन्द्रले प्रतिनिधिसभाका लागि १६ उम्मेदवारको नाम तय गरेको छ। बाँकी क्षेत्रमा एमालले पाएको छ, भने केही निर्वाचन क्षेत्रमा राष्ट्रिय जनमोर्चालाई पनि दिइएको छ।

 

यता, पहिलो चरणमा कांग्रेस अधिकांश क्षेत्रमा एक्लै चुनावी मैदानमा उत्रेको छ। कांग्रेस र नयाँ शक्तिबीच गोरखा–२ र रसुवामा तालमेल भएको छ ।

 

गोरखा–२ मा कांग्रेसले नयाँ शक्तिका संयोजनक डा. बाबुराम भट्टराई समर्थन गरेको छ।  सिन्धुपाल्चोक–२ मा कांग्रेसले राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर राणालाई सहयोग गर्ने सहमति भएको छ।

 

यी हुन् प्रतिनिधिसभाका प्रतिस्पर्धी उम्मेदवार

जिल्ला: क्षेत्रः  वाम गठबन्धन, लोकतान्त्रिक गठबन्धन

सोलुखुम्बु:  हेमकुमार राई –माओवादी बलबहादुर केसी –कांग्रेस

 

संखुवासभा: राजेन्द्र गौतम –एमाले दीपक खड्का –कांग्रेस

 

भोजपुर: सुदन किराती राई –माओवादी उमेशजंग रायमाझी –कांग्रेस

 

ओखलढुङ्गा: यज्ञराज सुनुवार –एमाले रामहरि खतिवडा –कांग्रेस

 

ताप्लेजुङ: योगेश भट्टराई –एमाले केशव दाहाल –कांग्रेस

 

पाँचथर: वसन्तकुमार नेम्वाङ –एमाले भीष्मराज आङदेम्बे –कांग्रेस

 

खोटाङ: विशाल भट्टराई –एमाले सरस्वती वजिमय –कांग्रेस

 

नुवाकोट: १ हितबहादुर तामाङ –माओवादी डा। रामशरण महत –कांग्रेस

 

नुवाकोट: २ नारायण खतिवडा –एमाले अर्जुननरसिंह केसी –कांग्रेस

 

रसुवा: जनार्दन ढकाल –एमाले नयाँ शक्ति

 

धादिङ: १ भूमि त्रिपाठी –एमाले विश्व अर्याल –कांग्रेस

 

धादिङ: २ खेम लोहनी –एमाले दिलमान पाख्रिन –कांग्रेस

 

सिन्धुपाल्चोक: १ अग्नि सापकोटा –माओवादी मोहनबहादुर बस्नेत –कांग्रेस

 

सिन्धुपाल्चोक: २ शेरबहादुर तामाङ–एमाले पशुपति शमशेर राणा –राप्रपा ९प्रजातान्त्रिक०

 

दोलखा:पार्वत गुरुङ –एमाले रुद्रबहादुर खड्का –कांग्रेस

 

रामेछाप: श्यामकुमार श्रेष्ठ –माओवादी कान्छाराम तामाङ –कांग्रेस

 

मुस्ताङ: प्रेमप्रसाद तुलाचन –एमाले कांग्रेस

 

म्याग्दी: भुपेन्द्रबहादुर थापा –एमाले खम्बीर गर्जुवा –कांग्रेस

 

बाग्लुङ: १ एमाले प्रदेशको दुई सिटमा जनमोर्चा चम्पादेवी खड्का –कांग्रेस

 

बाग्लुङ: २ देवेन्द्र पौडेल नीरज पुन –कांग्रेस

 

मनाङ: पाल्देन छोपाङ गुरुङ –एमाले टेकबहादुर गुरुङ –कांग्रेस

 

लमजुङ: देव गुरुङ –माओवादी दिलबहादुर घर्ती –कांग्रेस

 

गोरखा: १ हरि अधिकारी –माओवादी चिनकाजी श्रेष्ठ –कांग्रेस

 

गोरखा: २ नारायणकाजी श्रेष्ठ –माओवादी डा। बावुराम भट्टराई –नयाँ शक्ति

 

रुकुम: पूर्व कमला रोका –माओवादी गोपालजीजंग शाह –कांग्रेस

 

 

रुकुम: पश्चिम जनार्दशन शर्मा –माओवादी बीरबहादुर ओली –कांग्रेस

 

 

रोल्पा: वर्षमान पुन –माओवादी अमरसिंह पुन –कांग्रेस

 

जाजरकोट: शक्ति बस्नेत –माओवादी राजीवविक्रम शाह –कांग्रेस

 

हुम्ला: चिमी लामा –माओवादी मंगल शाही –कांग्रेस

 

मुगु: गोपाल बम –एमाले हस्तबहादुर मल्ल –कांग्रेस

 

जुम्ला: गजेन्द्र महत –माओवादी देबेन्द्र शाही –कांग्रेस

 

कालिकोट: दुर्गाबहादुर रावत –माओवादी भुपेन्द्रजंग शाही –कांग्रेस

 

डोल्पा: धनबहादुर बुढा –एमाले अंगद बुढा –कांग्रेस

 

दार्चुला: गणेशसिंह ठगुन्ना –एमाले बिक्रम सिंह –कांग्रेस

 

बझाङ: भैरबबहादुर सिंह –एमाले पृथ्वीबहादुर सिंह –कांग्रेस

 

बाजुरा: लालबहादुर थापा –एमाले कविराज पण्डित –कांग्रेस

 

बैतडी: दामोदर भण्डारी –एमाले नरबहादुर चन्द –कांग्रेस

प्रतिक्रिया दिनुहोस
Advertisement