काठमाण्डु— निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन तालिका रद्द गरेको छ ।
केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिनिधि सभा विघटन गरेर ६ महिनाभित्र चुनाव गर्ने भन्दै कात्तिक २६ र मङ्सिर ३ गतेका लागि चुनावको मिति तोकेको थियो ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदरको फैसलासँगै आयोगले निर्वाचन कार्यतालिका रद्द गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले आज जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
‘सम्मानित सर्वोच्च अदालतबाट असार २८ मा भएको आदेश बमोजिम कात्तिक २६ गते शुक्रबारका दिन पहिलो चरणमा र मंसिर ३ गते शुक्रबारका दिन दोस्रो चरणमा सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचन, २०७८ को लागि आयोगबाट असार २१ मा स्वीकृत भएको निर्वाचन कार्यतालिका रद्द गर्ने निर्णय भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।




प्रतिक्रिया