संघीय निर्वाचन: सम्पत्ति विवरण बुझाएपछि मात्रै उम्मेदवारी दर्ता हुने


काठमाण्डु- निर्वाचन आयोगले संघीय चुनावमा सम्पत्ति विवरण बुझाएपछि मात्रै उम्मेदवारी दर्ता गर्ने भएको छ ।

आइतबार आयोगले विभिन्न मिडियाका सम्पादकहरूसँग गरेको अन्तरक्रिया कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मंसिर ४ गते हुने संघ र प्रदेशसभाको निर्वाचनमा उम्मेदवारी दिँदा अन्य आवश्यक कागजातका साथमा सम्पत्ति विवरण बुझाएपछि मात्रै उम्मेदवारी दर्ता हुने बताएका हुन् ।

‘अबको संघीय निर्वाचनमा उम्मेदवारले उम्मेदवारी दिँदा अन्य आवश्यक कागजातका साथमा सम्पत्ति विवरण बुझाउनु पर्नेछ । यदी नबुझाएको खण्डमा उम्मेदवारी दर्ता हुँदैन । प्रमुख आयुक्त थपलियाले भने ।

प्रमुख आयुक्त थपलियाका अनुसार आयोगले अब संसदीय चुनावमा सम्पत्ति विवरण बुझाएपछि मात्रै उम्मेदवारी दर्ता गर्नेबारे राजनीतिक दलहरुसँग छलफल जारि राखेको छ ।

आयोगले निर्वाचन यसका लागि कार्यविधि संशोधन गर्ने वा निर्वाचन आचार संहितामा उम्मेदवारी दिँदा सम्पत्ति विवरण पेश गर्नुपर्ने प्रावधान राख्ने तयारी गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement