राष्ट्रियसभा उपनिर्वाचनः ३ सय ३७ मत खस्यो

राष्ट्रियसभा उपनिर्वाचनः ३ सय ३७ मत खस्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डुः राष्ट्रियसभा उपनिर्वाचन अन्तर्गत बागमती प्रदेशमा ३ सय ३७ जनाले मतदान गरेका छन् । उपनिर्वाचनमा बागमती प्रदेशका कुल मतदाता ३४७ मध्ये १० जना अनुपस्थित रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रदेशसभाका १०९ र स्थानीय तहका २३८ गरी ३४७ जना मतदातामध्ये ३३७ जनाले मात्रै मतदान गरेका हुन् ।

अनुपस्थित रहनेमा ४ प्रदेशसभा सदस्य र ६ स्थानीय तहका प्रतिनिधि छन् । अनुपस्थित ४ प्रदेशसभा सदस्यमा विवेकशील साझाका तिनजना हुन् ।