निर्वाचन आचार संहिता कार्यान्वयन गर्न राजनीतिक दललाई ६० बुँदे निर्देशन (पूर्णपाठ)


काठमाण्डु – निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको आचारसंहिता कार्यान्वयनका लागि दलहरुलाई ६० बुँदे निर्देशन दिएको छ ।

मंगलबार निर्वाचन आयोगले ७९ दलहरूसँग निर्वाचन आचारसंहिताको विषयमा छलफल गरेको थियो । छलफलपछि आयोगले दलहरूलाई निर्वाचन आचारसंहिता पालना गर्न भन्दै ६० बुँदे निर्देशन दिएको हो ।

आयोगले वैशाख ३० को स्थानीय तह निर्वाचन प्रयोजनका लागि दर्ता भएका दलहरुले आयोगमा उपस्थित भई आचार संहिता कार्यान्वयनमा प्रतिबद्धता व्यक्त गरेको दाबी गरेको छ । तर नेकपा एमाले सहितका केहीले भने प्रतिबद्धतामा हस्ताक्षर गरेका छैनन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement