विद्युतीय बस खरिदका लागि साझालाई दियो ३ अर्ब


काठमाडौं – तीन सय वटा विद्युतीय बस खरिदका लागि सरकारले साझा यातायातलाई ३ अर्ब रुपैयाँ उपलब्ध गराएको छ । बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले रकम हस्तान्तरण गरिएको औपचारिक जानकारी गराएका हुन् ।

आगामी असोज महिनाभित्र काठमाडौंसहित देशका विभिन्न भागमा विद्युतीय बस सञ्चालनमा ल्याउने लक्ष्य छ । कार्यक्रममा साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितले सरकारले दिएको सो रकमबाट पारदर्शी ढंगले विद्युतीय बस खरिद गरी संचालनमा ल्याउने प्रतिवद्धता व्यक्त गरे ।

सरकारले चालू आर्थिक वर्ष्भित्र यातायात सेवामा सहजता र वातावरण प्रदुषित हुन नदिने उद्देश्यका साथ साझा यातायातमा विद्युतीय बस सञ्चालन गर्ने प्रतिवद्धता जनाएको थियो । कार्यक्रममा बोल्दै साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितले सरकारले दिएको सो रकमबाट पारदर्शी ढंगले विद्युतीय बस खरिद गरी सञ्चालनमा ल्याउने प्रतिवद्धता व्यक्त गरे ।

उनले विद्युतीय बसको सञ्चालनबाट नेपालको अर्थतन्त्र र वातावरणमा उल्लेख्य सुधार आउने विश्वास पनि व्यक्त गरे ।
सरकारले सवारी साधनबाट वातावरण प्रदुषित हुँदै गएपछि त्यसको विकल्पमा विद्युतीय बस सेवा सञ्चालनमा ल्याउन लागेको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement