अर्थमन्त्री वाग्लेले ल्याएको नयाँ नीतिले विद्युतीय सवारीको मूल्य बढ्ने

अर्थमन्त्री वाग्लेले ल्याएको नयाँ नीतिले विद्युतीय सवारीको मूल्य बढ्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाण्डु– सरकारले विद्युतीय सवारी साधनको मूल्य बढाएको छ ।

शुक्रबार संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/०८४ को अनुमानित आय तथा व्यवयको विवरण प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विद्युतीय सवारी साधनमा स्वच्छ पूर्वाधार लगानी शुल्क लाग्ने व्यवस्था गरिएको बताए ।

उक्त शुल्क भन्सार बिन्दुमै लाग्ने पनि उनले स्पष्ट गरे ।

सो शुल्कबाट सरकारले विद्युतीय सवारीका लागि आवश्यक चार्जिङ पूर्वाधार र ब्याट्री रिसाइकल पूर्वाधारमा खर्च गर्नेछ ।

गाडीको बिक्रीमा यसअघि कार्यान्वयनमा रहेको किलोवाट क्षमताको साटो मूल्यका आधारमा कर लिने नीति अख्तियार गरिने अर्थमन्त्रीले बताए ।

सरकारको नयाँ नीतिले विद्युतीय सवारी साधनको मूल्य बढ्ने भएको छ ।