वीरगञ्ज हुँदै चार अर्ब दुई करोड मूल्यका विधुतीय सवारीसाधन आयात

वीरगञ्ज हुँदै चार अर्ब दुई करोड मूल्यका विधुतीय सवारीसाधन आयात

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- चालु आर्थिक वर्षको १० महिनामा वीरगञ्ज हुँदै चार अर्ब दुई करोड मूल्यभन्दा बढीका विधुतीय सवारीसाधन आयात भएका छन् ।

गत आवको १० महिनाको तुलनामा चालु आवमा मूल्यको आधारमा विधुतीय सवारीसाधनको आयात  दुई अर्ब ३७ करोड अर्थात् १४३.६० प्रतिशतले वृद्धि भएको छ । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले चालु आवमा १५ हजार २७१ वटा विभिन्न थरिका विधुतीय सवारीसाधनको आयात गरिएको र सोबाट प्राप्त हुने राजस्व उल्लेखनीय वृद्धि भएको बताए।

गत आवको १० महिनामा यो नाका हुँदै एक अर्ब ६५ करोड मूल्य पर्ने नौ हजार ४२ वटा विभिन्न विधुतीय सवारीसाधन आयात गरिएको थियो। त्यसवापत ८१ करोड ४७ लाख राजस्व सङ्कलन भएको थियो ।चालु आवको १० महिनामा एक अर्ब ८७ करोड मूल्य पर्ने ५१ किलोवाटदेखि १०० किलोवाटसम्मका ६५७ वटा विधुतीय कार, जीप र भ्यान आयात भएका छन् ।

त्यसवापत एक अर्ब १९ करोड राजस्व सङ्कलन भएको छ । जबकी गत आवको १० महिनामा भने दुई करोड छ लाख मूल्य पर्ने छ वटा ५१ किलोवाटदेखि १०० किलोवाट क्षमताका विधुतीय जीप, कार र भ्यानको आयात भएको थियो । यस्तै, चालु आवको १० महिनामा  एक अर्ब १७ करोड मूल्य पर्ने आठ हजार ८६७ वटा विधुतीय मोटरसाइकल तथा स्कुटर आयात हुँदा ३८ करोड ५५ लाख राजस्व सङ्कलन भएको छ ।

गत आवमा करोड ९६ लाख मूल्य पर्ने चार हजार ८३४ वटा विधुतीय मोटरसाइकल र स्कुटर आयात भएका थिए । ती सवारीसाधनको आयातबाट मात्रै २० करोड १५ लाख राजस्व सङ्कलन भएको थियो । यो नाका हुँदै १० महिनामा ३१ अर्ब ३१ करोड मूल्य पर्ने इन्धन र विधुतबाट चल्ने सवारीसाधन तथा पार्टपुर्जा भित्रिएको सूचना अधिकारी विष्टले दिए ।

गत आवको १० महिनाको तुलनामा चालु आवको सोही अवधिमा मूल्यको आधारमा सवारीसाधन र पार्टपुर्जाको आयात नौ अर्ब ६५ करोडअर्थात् ४४.५८ प्रतिशतले बढेको छ । चालु आवको १० महिनामा वीरगञ्ज हुँदै एक अर्ब २५ करोड मूल्य पर्ने छ सय २८ वटा जीप, कार र भ्यानको आयात भएको छ । त्यसवापत कार्यालयले तीन अर्ब १७ करोड राजस्व सङ्कलन गरेको छ । जबकी गत आवको सोही अवधिमा एक अर्ब ८१ करोड मूल्य पर्ने आठ सय ५५ वटा जीप, कार र भ्यानको आयात भएका थिए ।

यस्तै, चालु आवको १० महिनामा सात अर्ब ३२ करोड मूल्य पर्ने ५१ हजार ४२३ वटा मोटरसाइकल (अन एसेम्बल्ड) आयात भएका छन् । त्यसवापत सात अर्ब नौ करोड राजस्व सङ्कलन भएको छ । गत आवको सोही अवधिमा पाँच अर्ब २१ करोड मूल्यका यस्ता मोटरसाइकल आयात भएका थिए ।