स्कटल्यान्डको सनसनीपूर्ण जित, इंग्ल्याण्डलाई ६ रनको हार


इडिनवर्ग – एकदिवसीय क्रिकेटको शीर्ष स्थानमा रहेको इंग्ल्यान्ड देश एसोसिएट स्टकल्यान्डसंग पराजित भएको छ । स्टकल्यान्डले आइतबार राति भएको खेलमा इंग्ल्यान्डलाई ६ रनले पराजित गरेको हो।

स्कटल्यन्डले दिएको ३ सय ७२ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्ड ४८.५ ओभरमा ३ सय ६५ रनमा अलआउट भयो। इंग्ल्यान्डका लागि लिइम प्लुङकेटले नटआउट ४७ रन जोडेपछि जितका लागि पर्याप्त हुन सकेन। त्यसअघि मोइन अली ४६ रनमा आउट भएका थिए। जोनी बिस्ट्रले प्रहार गरेको शतक पनि जितका लागि पर्याप्त हुन सके। उनले १ सय ५ रन जोडेका थिए।

बलिङतर्फ स्कटल्यान्डका मार्क वाटले ३ तथा अलास्दिर इभान्स र रिची बेरिङले २–२ विकेट लिए।  स्कटल्यान्डका लागि कालुम म्याकलियोर्डले १ सय ४० रनको योगदान दिए । विष्फोटक ब्याटिङ गरेका उनले मात्र ९४ बलमा १६ चौका र ३ छक्का प्रहार गरेका थिए । यस्तै केल,कोट्जरले ५८ जर्ज मुन्सेले ५५,म्याथ्यु क्रसले ४८ र रिची बेरिङटनले ३९ रन बनाएका थिए । इंग्ल्यान्डका अदिल रसिद र लियाम प्लेंकेटले २ –२ विकेट लिए

प्रतिक्रिया दिनुहोस
Advertisement