इङ्ग्ल्यान्डमा बालबालिकामा मोटोपनाको समस्या बढ्दै

इङ्ग्ल्यान्डमा बालबालिकामा मोटोपनाको समस्या बढ्दै


काठमाण्डु–सन् २००६ पछि इङ्ग्ल्यान्डमा १० र ११ वर्षका बालबालिकामा ३० प्रतिशतले मोटोपन बढेको छ। परोपकारी संस्था फुड फाउन्डेसनले गरेको अध्ययनमा आफ्नो तौलसँग सङ्घर्ष गरिरहेका बालबालिकाको सङ्ख्यामा भएको वृद्धिलाई ‘गहिरो चिन्ताजनक’ अवस्था भनेको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

बुधबार सार्वजनिक भएको प्रतिवेदनले सन् २०१३ पछि पाँच वर्षका बालबालिकाको उचाइमा लगातार गिरावट र २५ वर्षभन्दा कम उमेरका मानिसमा मधुमेहमा बढेको र पछिल्लो पाँच वर्षमा मधुमेह २२ प्रतिशतले वृद्धि भएको देखाएको छ । यसको कारणमा पत्रु खानाको बढ्दो प्रयोग रहेको प्रतिवेदनमा उल्लेख छ ।

इङ्ग्ल्यान्डमा मानिसको अस्वस्थ जीवनशैलीका कारण पौष्टिक खाना उपलब्ध नहुँदा स्वास्थ्य सङ्कटको अवस्था आउनसक्ने प्रतिवेदनले चेतावनी दिएको छ ।