काठमाण्डु – इंग्लिस प्रिमियर लिगको नयाँ सिजनमा साविक विजेता आर्सनलले विजयी सुरुआत गरेको छ। उपाधि रक्षा अभियानको पहिलो खेलमा आर्सनलले नवप्रवेशी कोभेन्ट्री सिटीलाई ३–० गोलले पराजित गर्दै उपाधि बचाउने आफ्नो लक्ष्य स्पष्ट पारेको हो।
पाहुना टोलीले ८६औँ मिनेटसम्म गोलतर्फ प्रहारसमेत गर्न सकेन।
आर्सनलका नयाँ खेलाडी क्रिस्टोस जोलिसले पनि प्रभावशाली प्रदर्शन गरे। उनले पहिलो र दोस्रो गोल निर्माणमा महत्वपूर्ण भूमिका खेले।
यो जितसँगै आर्सनलले नयाँ सिजनमा आफूलाई उपाधिको बलियो दाबेदारका रूपमा प्रस्तुत गरेको छ। गत सिजन २२ वर्षपछि लिग उपाधि जितेको आर्सनल यसपटक लगातार दोस्रो उपाधि जित्ने लक्ष्यमा छ।
लिगमा शनिबार राति पाँचबाट खेल हुँदै छन्। म्यानचेस्टर युनाइटेडले हल सिटी, एभर्टनले क्रिस्टल प्यालेस, इप्सविच टाउनले सन्डरल्याण्ड, नटिङ्घम फरेस्टले लिड्स युनाइटेड तथा टोटनहम हटस्परले ब्रेन्टफोर्डको सामना गर्नेछन्।




प्रतिक्रिया