आफ्नै अंगरक्षकले गरे इथियोपियाका प्रधानसेनापतिको गोली हानी हत्या


एजेन्सी – इथियोपियाका प्रधान सेनापति सियर मेकोनेनको गोली हानी हत्या भएको छ ।

राजधानी अदिस अबाबामा आफ्नै अंगरक्षकले गोली हानी हत्या गरेको एक टेलिभिजनमार्फन इथियोपियाका प्रधानमन्त्री अबिय अहमदले  जानकारी दिए ।

उक्त गोलीकाण्डमा अम्हारा राज्यका अध्यक्ष अम्बाचे मेकोन्नेन र अरु केही उच्च अधिकारीहरुको पनि हत्या भएको बताइएको छ ।
अम्हाराका सुरक्षा प्रमुखको नेतृत्वमा सैन्य विद्रोह भएको प्रारम्भिक विवरणमा उल्लेख छ । संयुक्तराज्य अमेरिकाको दूतावासले राजधानी आदिस अबाबाका विभिन्न भागमा गोली चलेको जनाएको छ ।

मुलुकका नौ वटा स्वायत्त क्षेत्रमध्ये अम्हारा दोस्रो ठूलो रहनुका साथै यसको सीमा सुडानसँग जोडिएको छ ।

प्रधानमन्त्री कार्यालयद्धारा जारी वक्तव्यमा अम्हारामा भएको सैनिक विद्रोह असंवैधानिक रहेको र निकै प्रयत्नबाट हासिल गरिएको शान्तिलाई ध्वस्त पार्न खोजिएको उल्लेख छ ।

सैनिक विद्रोह भएका कारण इथियोपियाको इन्टरनेट सेवा देशैभर बन्द गरिएको छ । घटनाको विस्तृत विवरण भने अझै आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement