ईपीएस आवेदकको चाप बढेपछि राहदानी विभागले २ सिफ्टमा सेवा दिने

ईपीएस आवेदकको चाप बढेपछि राहदानी विभागले २ सिफ्टमा सेवा दिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत आवेदन दिने नेपाली सेवाग्राहीको चाप बढेपछि राहदानी विभागले विद्युतीय राहदानी (ई–पासपोर्ट) सेवा २ सिफ्टमा सञ्चालन गर्ने भएको छ ।

परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागले मंगलबार जारी सूचनाअनुसार साउन १४ गतेदेखि २२ गतेसम्म सेवाग्राहीको सहजताका लागि विभागले २ सिफ्टमा सेवा प्रवाह गर्ने व्यवस्था मिलाएको हो ।

विभागका अनुसार साउन १४ गतेदेखि १८ गतेसम्म पहिलो सिफ्ट बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म र दोस्रो सिफ्ट दिउँसो २ बजेदेखि बेलुकी ९ बजेसम्म सञ्चालन हुनेछ ।

सार्वजनिक बिदाका दिन शनिबार र आईतबार पनि बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म राहदानी सेवा उपलब्ध गराइने विभागले जनाएको छ ।

राहदानी विभागले दक्षिण कोरियाको ईपीएस प्रक्रियाका लागि राहदानी बनाउन आउने सेवाग्राहीको संख्या उल्लेखनीय रूपमा बढेकाले सेवा समय विस्तार गरिएको स्पष्ट पारेको छ । विभागले नेपाली नागरिकलाई सहज, छिटो र प्रभावकारी सेवा प्रदान गर्न आफू पूर्णरूपमा प्रतिबद्ध रहेको जनाएको छ ।