विमानस्थलको मेलुङ थकाली किचनमा ईसेवामार्फत भुक्तानी गर्दा १५ प्रतिशत छुट

विमानस्थलको मेलुङ थकाली किचनमा ईसेवामार्फत भुक्तानी गर्दा १५ प्रतिशत छुट


काठमाण्डु – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित बर्गर हाउस एण्ड मेलुङ थकाली किचनमा ईसेवामार्फत भुक्तानी गर्दा १५ प्रतिशत छुट पाइने भएको छ ।

२४ घण्टै खुला रहने बर्गर हाउस एण्ड मेलुङ थकाली किचनमा आउने ग्राहकलाई थप सुविधा दिने उद्देश्यले हरेक खानामा ईसेवामार्फत रकम भुक्तानी गर्नेलाई १५ प्रतिशत छुट दिने गरी सम्झौता भएको छ । यससँगै ईसेवामार्फत भुक्तानी गर्दा ईसेवाको १०० रिवार्ड पोइन्ट पुग्नेहरूले पनि १५ प्रतिशत छुट पाउने छन् ।

बर्गर हाउस एण्ड मेलुङ थकाली किचनका सञ्चालक बसन्त लामाले ईसेवासँगको सम्झौताले ग्राहकलाई थप फाइदा पुग्ने बताए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमनस्थलमै रहेको मेलुङ थकाली किचनमा पर्याप्त मात्रामा पार्किङको सुविधा छ ।

पहिलो चरणमा एयरपोर्टमा सञ्चालित बर्गर हाउस एण्ड मेलुङ थकाली किचनमा छुट दिने र बिस्तारै अन्य शाखाहरूमा पनि ग्राहकले ईसेवामार्फत भुक्तानी गर्दा छुट दिने व्यवस्था गर्न लागिएको सञ्चालक लामाले जानकारी दिए ।