इथोपियन एयरलाइन्स बोइङ ७३७ विमान दुर्घटनाग्रस्त


एजेन्सी – इथियोपियाको राजधानी अदिसअबाबाबाट केन्याको राजधानी नैरोबीतर्फ जाँदै गरेकोे बोइङ –७३७ विमान दुर्घटनामा परेको छ । उक्त विमान अफ्रिकी देश इथोपियाबाट केन्यातर्फ जाँदै थियो । स्थानीय समयअनुसार उक्त विमान आइतबार विहान ८ः४४ बजे दुर्घटनामा परेको हो ।

इथोपियाको राजधानी अदिस अबाबबाट नौरोबी जाँदै गरेको सो विमानमा १ सय ४९ जना यात्रु र ८ जना चालक दलका सदस्य रहेका अन्तर्रा्ष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

इथोपियाका प्रधानमन्त्रीले ट्विट गर्दै बिमान दुर्घटना भएको पुष्टि गरेका छन् । सो विमान कुन स्थानमा दुर्घटना भयो र यात्रुहरुको अवस्था के कस्तो रहेको छ भन्ने बारे अहिलेसम्म केही खुलेको छैन् । प्रधानमन्त्री अबे आम्दले विमान दुर्घटनामा परेको पुष्टी गरे । उनले भनेका छन्, ‘मृतकका आफन्त र परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु ।’

प्रतिक्रिया दिनुहोस
Advertisement