सुदन किराती भोजपुर पुग्दा खतिवडा र राईसहित चार सयभन्दा बढीले रोजे श्रम संस्कृति पार्टी

सुदन किराती भोजपुर पुग्दा खतिवडा र राईसहित चार सयभन्दा बढीले रोजे श्रम संस्कृति पार्टी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भोजपुर– श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किराती पार्टीमा प्रवेश गरेपछि पहिलोपटक आफ्नो गृहजिल्ला भोजपुर पुगेका छन्।

बिहीबार जिल्ला पार्टीले आयोजना गरेको ‘हातेमालो कार्यक्रम’मा सहभागी किरातीले विभिन्न राजनीतिक दलका ४ सयभन्दा बढी नेता–कार्यकर्तालाई श्रम संस्कृति पार्टीमा प्रवेश गराएका छन्।

पार्टी प्रवेश गर्नेमा नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा जनयुद्धकालीन भोजपुरका चर्चित नेता राजेश खतिवडा, पार्टीकी प्रदेश सचिवालय सदस्य तथा पौवादुङमा गाउँपालिकाकी पूर्वउपाध्यक्ष सम्झना राई, प्रदेश सदस्य जीवन किराती र प्रेम किरातीसहित ३ सय ३७ जना नेता–कार्यकर्ता छन्।

त्यस्तै, पदमुक्त भएका जिल्ला समन्वय समिति प्रमुख कमल थुलुङ र टेम्केमैयुङ गाउँपालिका–९ का निर्वाचित वडाध्यक्ष नभराज माङपाहाङ पनि श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन्।

यसैगरी, नेकपा एमालेका विभिन्न तहमा आबद्ध १ सयभन्दा बढी नेता–कार्यकर्ता पनि श्रम संस्कृति पार्टीमा प्रवेश गरेको जनाइएको छ।

भोजपुरबाट तीन पटक संघीय सांसदमा निर्वाचित किराती पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसमेत हुन्।

पार्टी प्रवेशपछि पहिलोपटक गृहजिल्ला पुगेका किरातीको उपस्थितिमा भएको यस कार्यक्रमलाई श्रम संस्कृति पार्टीले भोजपुरमा आफ्नो संगठन विस्तारका रूपमा लिएको छ।