सन् २०२२ मा ईयूको रक्षा खर्च इतिहासकै उच्च


काठमाण्डु – युरोपेली संघ (ईयू)का सदस्य राष्ट्रहरूले सन् २०२२ मा रक्षा खर्चका निम्ति सामूहिक रूपमा २४० बिलियन युरो (२६२.४ बिलियन अमेरिकी डलर) विनियोजन गरेको तथ्यांकले देखाएको छ ।

बिहीबार जारी गरिएको युरोपेली रक्षा एजेन्सी (ईडीए) प्रतिवेदनमा यस्तो खुलासा गरिएको हो । यो रक्षा खर्चका निम्ति छुट्ट्याइएको इतिहासकै बढी रकम हो । ईडीए डिफेन्स डाटा २०२२ प्रतिवेदनानुसार यो संख्या एक वर्षअघिको तुलनामा ६ प्रतिशतले बढी हो ।

२७ ईयू सदस्य राष्ट्रमध्ये २० ले आफ्नो रक्षा खर्च बढाएका थिए । २००४ मा स्थापित ईडीएले युरोपेली रक्षा सहयोगका निम्ति केन्द्रीय हबका रूपमा कार्य गर्छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement