काठमाण्डु-युरो कपको उपाधिका लागि आइतबार राति स्पेन र इङ्ल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ ।
१७औं संस्करणको फाइनल राति पौने १ बजे बर्लिनमा हुनेछ । नेदरल्याण्ड्सलाई २–१ गोलले हराउँदै इङ्ल्याण्ड फाइनल पुगेको हो । स्पेन भने फ्रान्सलाई हराउँदै फाइनल पुगेको हो ।
युवा र अनुभवी खेलाडीको टिम रहेको स्पेनले फाइनलसम्म आउँदा ६ खेलमा १३ गोल गर्दा ३ गोलमात्र खाएको छ ।
स्पेनले अहिले सम्म तीन पटक युरो कपको उपाधि जितिसकेको छ । इङ्ल्याण्डले भने सन् १९६६ मा घरेलु मैदानमा भएको फिफा विश्वकप जितेपछि अहिलेसम्म कुनै पनि ठूला उपाधि जित्न सकेको छैन । इङ्ल्याण्डका लागि फाइनल पुग्नु पनि ठूलो उपलब्धि मानिन्छ ।
६ दशक लामो उपाधि खडेरी तोड्दै इङ्ल्याण्ड विश्व फुटबलमा आफ्नो उपस्थिति देखाउने लक्ष्यसहित आज मैदान उत्रदैछ ।
जारी संस्करणमा टाईब्रेकर बाहेक इङ्ल्याण्डले ७ गोल गर्दा ४ गोल खाएको छ । इङ्ल्याण्डमा ह्यारी केन, जुड वेलिंघम, बुकायो शाका, फिल फोडेन जस्ता खेलाडी सहभागी छन् ।
स्पेन र इङ्ल्याण्डबीच अहिलेसम्म २७ वटा खेल भएका छन् । जसमध्ये स्पेनले १० र इङ्ल्याण्डले १४ खेल जितेका छन् भने ३ खेल बराबरी खेलेका छन् ।
प्रतिक्रिया