काठमाण्डु – विश्व फुटबलमा गएको दुई वर्षदेखि सनसनीपूर्ण प्रदर्शन गरेका लमिन यामलको सानदार प्रदर्शनमा फ्रान्सलाई ५–४ ले हराउँदै स्पेन युरोपेली नेसन्स कपको फाइनलमा प्रवेश गरेको छ।
यस सिजनमा उत्कृष्ट प्रदर्शन गरेका यामलले बिहीबार स्टुगार्टमा भएको सेमिफाइनलमा पनि उत्कृष्ट प्रदर्शन गरे। कुनै समय स्पेन ४–० ले अघि रहे पनि यसका बाबजुद फ्रान्सले ११ मिनेटको अन्तरमा ३ गोल गरेपछि खेल रोमाञ्चक भएको थियो।
वैकल्पिक खेलाडी रायन छेराकीले एम्बाप्पेको पासलाई उपयोग गर्दै डेब्यु खेलमै गोल गरेपछि फ्रान्सको कम ब्याक सुरु भएको थियो।
८४ औँ मिनेटमा स्पेनका रक्षक डानी भियिनले आत्मघाती गोल गरे। इन्जुरी समयमा फ्रान्सका कोलो मुवानीले हेड गोल गरेपछि केही समय स्पेनले दबाबमा बिताएको थियो।
प्रतिक्रिया