रुसी सेनाको विमान अपार्टमेन्टमा ठोक्कियो, १३ जनाको मृत्यु


काठमाण्डु – रुसी सेनाको यद्धक विमान दुर्घटना भएको छ । रुसी अधिकारीहरुले दिएको जानकारीअनुसार सोमबार रुसको दक्षिणी सहरस्थित येयस्क सहरको एक अपार्टमेन्टमा सु–३४ युद्धक विमान दुर्घटनामा परेको हो ।

अभ्यास उडानको क्रममा अपार्टमेन्टमा विमान ठोक्किएर दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । अधिकारीहरुले दिएको जानकारीअनुसार मृत्यु हुनेमा तीनजना बालबालिका पनि छन् ।

दुर्घटनापछि उक्त भवनबाट ६८ जना मानिसको उद्धार गरिएको छ । उक्त दुर्घटनामा परी घाइते भएका १९ जनाको अहिले उपचार भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement