काठमाण्डु- सीजी मोटर्सले आफ्नो प्रिमियम विद्युतीय पारिवारिक एसयूभी ‘आयोन भी’ का लागि विशेष अफर सार्वजनिक गरेको छ।
कम्पनीले सीमित अवधिका लागि ल्याएको योजनाअन्तर्गत ग्राहकले केवल ९ लाख ९९ हजार रुपैयाँ डाउन पेमेन्टमा नयाँ आयोन भी खरिद गर्न पाउनेछन् ।
योजनामा एक वर्षको निःशुल्क बीमा, एक आर्थिक वर्षको सडक कर, नगद छुट, पुरानो गाडी साट्दा एक्सचेन्ज बोनस तथा आधिकारिक एसेसरिज उपलब्ध गराइने कम्पनीले जनाएको छ।
फराकिलो क्याबिन, आधुनिक प्रविधि र लामो दूरीको यात्राका लागि उपयुक्त आयोन भीमा कम्पनीले ११ वर्षसम्मको विस्तारित वारेन्टीसमेत उपलब्ध गराएको छ।
नेपाली सहर तथा राजमार्गमा सहज यात्रालाई ध्यानमा राखेर तयार गरिएको यस गाडीले आरामदायी र आधुनिक ड्राइभिङ अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ।
गाडीको टेस्ट ड्राइभ तथा अफरबारे थप जानकारीका लागि नजिकैको सीजी मोटर्स वा जीएसी आयोनको शोरुममा सम्पर्क गर्न कम्पनीले आग्रह गरेको छ।



प्रतिक्रिया