दक्षिण अफ्रिकी लेभी र बेस्ट इन्डिजका विलियम्सले एभरेस्ट प्रिमियर लिग खेल्ने


काठमाण्डु – आगामी एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिता दक्षिण अफ्रिकाका रिचार्ड लेभी र वेस्ट इन्डिजका केसरिक विलियम्सले खेल्ने भएका छन् ।

९ असोजबाट सुरु हुने ईपीएल चौंथो संस्करणमा दक्षिण अफ्रिकी लेभी र वेस्ट इन्डिजका विलियम्सले पोखरा राइनोजबाट खेल्ने भएका हुन् । लेभी र विलियम्सलाई अनुबन्धन गरिएको पोखरा राइनोजले जनाएको छ ।

चौंथो संस्करणको इपीएल क्रिकेट ९–२३ असोजसम्म टियु क्रिकेट मैदानमा हुनेछ । प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाउने छन् ।

साविक विजेता ललितपुर प्याट्रीयट्ससँगै भैरहवा ग्ल्याडियटर्स, काठमाण्डु किङ्स इलाभेन, पोखरा राइनोज, चितवन टाइगर्स र विराटनगर वारिवर्सले प्रतिस्पर्धा गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement