एभरेस्ट होटलका सञ्चालक लारी पक्राउ,यस्तो छ पक्राउ पर्नुको कारण ?


काठमाडौं– एभरेस्ट होटलका सञ्चालक मस्कुर अहमद लारी पक्राउ परेका छन् । नयां बानेश्वरस्थित एभरेष्ट होटल गत वर्षको भुकम्पदेखी नै बन्द थियो । अदालतबाट लारीले होटलको सम्पती विवाद सम्बन्धी मुद्दा जितेलगत्तै उनलाई प्रहरीले बिहिवार महाराजगंजबाट पक्राउ गरेको हो ।

महानगरीय प्रहरी कार्यालय र प्रहरी वृत, महाराजगञ्जको टोलीले उनलाई बिहीबार महाराजगञ्जबाट पक्राउ गरेको हो । लारी २१ वर्ष अघिको लागू औषध मुद्दामा फरारको सुचीमा रहेका थिए । २०५५ सालमा जर्मनको फ्रयांकफर्ट विमानस्थलमा बरामद भएको २ सय ५० केजी लागूऔषधमा उनको संलग्नता खुलेको थियो । महानगरीय प्रहरी प्रमुख जयबहादुर चन्दले २१ वर्षदेखी फरार रहेका लारी पक्राउ परेको पुष्टी गरे । उनलाई काठमाडौं परिषरमा राखिएको छ । लारीलाई शुक्रबार नै अदालत बुझाउने प्रहरीको तयारी छ ।

को हुन् लारी?

मदिरा व्यवसायका किंग भनेर चिनिने लारी भारतबाट पञ्चायतकालमै नेपाल आएका थिए । लारी एभरेस्ट होटेलका संस्थापक मकबुल अहमद लारीका भतिज हुन् । लखनउबाट काठमाडौं छिरेको लारी परिवार काठमाडौंमा निकै चर्चित व्यापारी घरानाका रुपमा चिनिन्थ्यो । उनिहरुले नेपालमै मदिरा आपूर्ति गर्न लारी डिस्टिलरी स्थापना गरेका थिए। उनिहरु तत्कालिन राजपरिवारसंग निकट समेत थिए । नेपालमै कमाएको पैसाले लारीले भारतका विभिन्न शहरमा होटल खोलेका छन ।

१९८१ देखि सञ्चालनमा आएको होटेल एभरेष्टमा मकबुल अहमद लारीले करिब साढे तीन करोड रुपैयां पुंजी लगानी गरेको उनि निकट स्रोतको दाबी छ । पछि होटलको स्वामित्व नै लारीले लिएपछि पारिवारिक विवाद सुरु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement