निवर्तमान प्रधानसेनापति क्षत्रीको सम्पत्ति छानबिन गर्न सरकारमाथी दबाव


काठमाडौं – नेपाली सेनाका निवर्तमान प्रधान सेनापति राजेन्द्र क्षेत्रीको सम्पत्तिबारे प्रश्न उठेको भन्दै छानबिन गर्न संघीय संसदका सांसद हृदयेश त्रिपाठीले सरकारसँग माग गरेका छन् ।

उनका कर्तुतहरु एकपछि अर्को गर्दै मिडियामा आइरहेको भन्दै गम्भीरताका साथ छानबिन प्रक्रिया अघि बढाउन बिहिबार बसेको व्यवस्थापिका संसदको विशेष समयमा बोल्दै त्रिपाठीले सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सेना व्यापारमा लाग्ने हो भने धेरै किसिमका अप्ठ्यारा आउने भन्दै त्रिपाठीले भने, ‘सेनाले व्यवसाय गर्छ भने त्यसले पेशागत मर्यादामा आँच अउँछ । अन्तत्वगत्वा धेरै किमिसमा अप्ठ्यारा र समस्या आउन सक्छन् ।’

यस्तै उनले नेपाल वायुसेवा निगमले गरेको वाइडबडी विमान खरिद प्रकरणमा अनियमितता भएको दाबी गर्दै यसविषयमा संसदको सार्वजनिक लेखा समितिमा छलफल हुनुपर्ने समेत बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement