पूर्व ब्रिटिश सेनाका गुरुङ बने लण्डन बार्नेटका उपमेयर


काठमाडौं – ब्रिटिश सेनाको बिग अफ गोर्खाजबाट सेवानिवृत्त लक्ष्य बहादुर गुरुङ बार्नेट काउन्सिलको उपमेयरमा निर्वाचित भएका छन् । लन्डन बरो अफ बार्नेटको मंगलबार बसेको वार्षिक काउन्सिल बैठकले गुरुङलाई उपमेयर पदमा निर्विरोध निर्वाचित गरेको हो ।

उनी गत वर्ष कन्जरभेटिभ पार्टीको उम्मेदवारको रुपमा बार्नेट काउन्सिलको हेल वार्डबाट काउन्सिलर पदमा निर्वा्चित भएका थिए । सोहि बैठकले काउन्सिलर क्यारोलिन स्टकलाई मेयरको पदमा निर्वा्चित गरेको थियो । यसै गरी कन्जरभेटिभ पार्टीबाट निर्वा्चित काउन्सिलर डेनियल टोमस बार्नेट काउन्सिलका नयाँ नेता चुनिएका छन् ।

बार्नेट काउन्सिलले काउन्सिलरहरु मध्येबाट हरेक वर्ष नयाँ मेयर र उपमेयर चुन्ने गर्दछ । झन्डै चार लाख जनसंख्या भएको बार्नेट ब्रिटेनको सबैभन्दा बढी जनघनत्व भएको काउन्सिल पनि हो । ब्रिटेनको सबैभन्दा ठूलो तथा सत्तारुढ कन्जरभेटिभ पार्टीको तर्फबाट उम्मेदवार भएका थिए । सन् २००५ देखि सपरिवार बेलायतमा बसोबास गर्दै आएका छन् । उनकी श्रीमती शोभा, दुइ छोरी र एक छोरा छन् ।

बर्न्टओक नेपाली समाजका पूर्व अध्यक्ष गुरुङ नेपाली समुदायलाई उनले पुर्याएको सेवाको कदर स्वरुप बार्नेट सिभिक अवार्डबाट सम्मानित पनि भएका थिए । गत महिना सम्पन्न बेलायतको स्थानीय निर्वाचनमा ६ जना गैरआवासीय नेपालीहरु काउन्सिलर पदमा विजयी भएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement