पूर्वराजा शाहप्रति आक्रोश पोख्दै ओलीले भने- बर्ता फुरफुर गर्ने होइन,हामीले हिसाब किताब नगरेरै छाडेका छौँ


झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहको आलोचना गरेका छन् ।बिहीबार इलामको सदरमुकाम इलाम बजारमा नेकपा एमालेद्वारा आजोजित मिसन ग्रासरुट कार्यक्रमलाई सम्बोधन गर्दै उनले पूर्व राजपरिवारको कडा आलोचना गरेका हुन् ।

बुधबार इलाम जाने क्रममा झापामा उनीमाथि ढुंगामुढा भएको घट्नालाई पूर्वराजा ज्ञानेन्द्र शाहकी बुहारी हिमानीको ट्विटलाई लक्षित गर्दै ओलीले आक्रोश पोखेका हुन् ।

ओलीले आक्रोश पोख्दै भने, ‘ज्ञानेन्द्र शाह उसको परिवार । उनको बुहारी जान्ने भएर जनताले ढुंगा होनेको देखिन् । ट्वीट गरिगरिकन जनताले केपी ओलीलाई ढुंगा हान्यो रे । मैले यसको जवाफ दिनु नपरोस् बर्ता फरफुर नगर । बर्ता फुरफुर गर्ने होइन । हामीले हिसाब किताब नगरेरै छाडेका छौँ । हाम्रा मान्छे गोली हानेर मार्दा छाडेका छौँ । अनेक हिसाबकिताव गरेका छौनौँ । हिसाव किताब गर्न सुरु गर्न नपरोस् । छोराबुहारी अगाडि सारेर फुरफुर नगर !’

ओलीले यस्तो दाबी गरेपनि हिमानीको नामको ट्वीटर फेक भएको उनको सचिवालयले बताउँदै आएको छ । ओलीले प्रदेशको नाम कोशी नामकरण हुनु सही भएको पनि जिकिर गरे । सबैको साझा होस् भनेर कोशी प्रदेश नामकरण गरिएको उनको भनाइ थियो ।

त्यस्तै ओलीले आफूमाथि भएको आक्रमणमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका कार्यकर्ता पनि संलग्न रहेको दाबी गरेका छन्।

आक्रमण आरोपमा पक्राउ परेकाहरूलाई प्रचण्ड र माधवका नेताहरू छुटाउन गएको ओलीले बताएका थिए। आफूमाथि र सुरक्षाकर्मीमाथि उनीहरूकै कार्यकर्ताले आक्रमण गरेको ओलीको आरोप थियो। उनले उनले एमाले यो घटनाको प्रतिकारमा उत्रिए ठूलो मूल्य चुकाउनुपर्ने चेतावनीसमेत दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement