पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा गणतन्त्रविरोधी नाराबाजी


काठमाडौं – सोमबार बिहान पोखरा विमानस्थलमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई उनका समर्थकहरुले पोखरामा पुष्पगुच्छासहित भव्य स्वागत गरेका छन् । पूर्वराजा शाह विमानस्थलमा उत्रिएलगत्तै उनका समर्थकहरुले गणतन्त्रलाई फाँसी दे भन्दै नारा लगाएका छन् ।

नारा लगाउने क्रममा राष्ट्रिय झण्डाको समेत प्रयोग गरिएको छ । ज्ञानेन्द्रका समर्थकहरुले गणतन्त्रलाई फाँसी दे, संघीयता खारेज गर, हिन्दु राष्ट्र कायम गर जस्ता नारा लगाएका थिए । उनीहरुले ‘राजा आउ देश बचाउ’, ‘हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ,’ भन्ने नारा लगाउँदै पूर्वराजाको जय जयकार गरेका थिए ।

पूर्वरानी एवम् पत्नी कोमल शाहसहित पोखरा पुगेका ज्ञानेन्द्रलाई हेर्न चाहने सर्वसाधारणहरुको समेत घुइँचो लागेको थियो । पूर्वराजा शाह एकसाताको लागि पोखरा भ्रमणमा निस्किएका हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement