काठमाण्डु – नर्भिक अस्पतालले पूर्वप्रधानमन्त्री झलनाथ खनालको अक्सिजन सहायतामा उपचार भइरहेको जानकारी दिएको छ । अस्पतालले एक विज्ञप्ति जारी गर्दै नेता खनाललाई स्वाश फेर्न गाह्रो भएपछि अक्सिजनको सहायतामा उपचार भइरहेको जनाएको हो ।
नेता खनाललाई ९ दिनदेखि ज्वरो आएको अस्पतालले जनाएको छ ।सामान्य अवस्थामा रहेका नेता खनालको रगत परीक्षण गर्दा हेमोग्लोविनको कमी देखिएको अस्पतालले जनाएको छ । उनी आजै बिहान अस्पताल भर्ना भएका थिए ।




प्रतिक्रिया