सुनको मूल्य अहिलेसम्मकै उच्च, तोलाको कति ?


काठमाण्डु- सुनको मूल्य अहिलेसम्मकै उच्च भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाल सुनको मूल्य तोलाको १ लाख १७ हजार ४ सय रुपैयाँ तोकिएको छ।

यो अहिलेसम्मकै उच्च मूल्य हो। यसअघि गएको कात्तिक १२ गते सुनको भाउ तोलामा १ लाख १७ हजार रुपैयाँमा पुगेको थियो। सुनको मूल्य हिजोभन्दा आज तोलामा पाँच सय रुपैयाँले बढेको हो।

हिजो तोलामा सुन १ लाख १६ हजार ९ सय रुपैयाँ थियो। अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ बढेकाले नेपाली बजारमा पनि बढेको महासंघको भनाइ छ। अनुसार भाउ अझै बढ्न सक्ने अनुमान छ।

आज चाँदी पनि तोलाको १ हजार ५ सय रुपैयाँ पुगेको छ। यो अहिलेसम्मकै महँगो हो।

प्रतिक्रिया दिनुहोस
Advertisement