कक्षा ११-१२ को परीक्षा मर्यादित बनाउन शिक्षामन्त्रीले दिए परीक्षा बोर्डलाई निर्देशन


काठमाडौं – कक्षा ११-१२ को परीक्षालाई व्यवस्थित, मर्यादित बनाउन शिक्षामन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रिय परीक्षा बोर्डलाई २२ बुँदे निर्देशन दिएका छन्।माध्यमिक शिक्षा परीक्षा कक्षा १२ को वैशाख १५ र कक्षा ११ को वैशाख २९ बाट परीक्षा हुँदै छ। यी परीक्षालाई व्यवस्थित, मर्या्दित बनाउन शिक्षामन्त्रीले निर्दैशन दिएका हुन् ।

शिक्षामनत्री पोखरेलले बिहीबार एक विज्ञप्ति प्रकाशित गर्दै परीक्षामा हुने स–सानो त्रुटिले व्यक्ति, समाज र राष्ट्रलाई ठूलो क्षति पु¥याउने भन्दै सबैलचई सजग र सचेत रहन आग्रह गरेका छन्।उनले विद्यार्थीले परीक्ष हलमा बस्दा आन्तरिक वा बाह्य कुनै पनि कारणले प्रतिकूलता महसुस गर्न नपर्नेखालको वातावरण बनाउन समेत आग्रह गरेका छन्।

गत चैतमा सम्पन्न माध्यमिक शिक्षा परीक्षामा प्रदेश २ मा प्रश्नपत्र बाहिरिएपछि मन्त्रालयले ११ र १२ को परीक्षालाई मर्या्दित र व्यवस्थित बनाउन शिक्षा सचिव खगराज बरालको नेतृत्वमा परीक्षा व्यवस्थापन सुधार कार्यदल गठन गरेको थियो। सोही कार्यदलले दिएको सुझाबको आधारमा मनत्रालयले २२ बुँदे निर्देशन जारी गरेको हो।

उक्त निर्देशनमा सुरक्षा निकायबाट प्रश्नपत्र प्राप्त गर्दा अनिवार्य रुपमा केन्द्राध्यक्षले नै सुरक्षाको निगरानीमा मात्र प्रश्न बुझ्ने, केन्द्राध्यक्ष र सुरक्षा निकायका प्रमुखले प्रश्नपत्रको पोका लैजाँदा रूजु गर्ने, प्रश्नपत्र धेरै अगाडि लैजान नदिने, सीसीटीभीको निगरानीमा प्रश्नपत्रको थैला रूजु गर्ने र प्रश्न पत्र बुझ्दा पनि मुचुल्का गर्ने साथै प्रश्नपत्र खोल्दा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष र निरीक्षक गरी कम्तिमा ३ जनाको रोहबरमा मुचुल्का गरी खोल्ने व्यवस्था मिलाउने रहेको छ।

त्यस्तै प्रश्न पत्र रूजु गर्दा प्रश्नपत्र भण्डारण गरेको कोठामा जाने सुरक्षाकर्मी, केन्द्राध्यक्ष र कर्मचारीले मोवाइल फोनलाई कोठाभन्दा बाहिर नै सुरक्षाकर्मीको नियन्त्रणमा राखेर मात्र जानुपर्ने व्यवस्था मिलाउने, सुरक्षा निकायमा रहेका परीक्षासम्बन्धी सामग्रीहरू कुनैपनि हालतमा निर्दिष्ट पदाधिकारी बाहेक अरू कुनै पनि व्यक्तिलाई नबुझाउे, परीक्षा सञ्चालनमा कुनै अनियमितता वा अमर्या्दित कार्य भएमा सम्बन्धित व्यक्तिहरूलाई प्रचलित कानून बमोजिम आवश्यक कारबाहीको प्रक्रिया अघि बढाउन समेत निर्देशनमा भनिएको छ ।

२२ बुँदे निर्देशन

प्रतिक्रिया दिनुहोस
Advertisement