काठमाण्डु- चीनसँगको सिमाना जोडिएको उत्तरी हुम्लाकाे हिल्सा नाकाबाट सामान आयात सुरु भएको छ । गत शनिबारदेखि हिल्सा नाकाबाट ताक्लाकोटको सामान आयात बन्द गरिएकोमा बिहीबारदेखि पुन: सुरु भएको हाे ।
यारी नाका भन्सार कार्यालयका प्रमुख रामराज जैसीका अनुसार मे दिवसमा बिदा हुने भएकोले पूर्ण रुपमा हिल्साबाट सामान निर्यातमा बन्देज लगाइएको थियो ।
चीनको ताक्लाकोटबाट मानिसका साथै सामानहरु पनि आउन सुरु भएको र यसबाट भन्सार शुल्क समेत असुल कार्य सुरु भएको उनले बताए। सामान आयात कार्य रोकिएपछि भन्सार असुली समेत भएको थिएन । सो अवधिमा मानिसहरुलाई आवत–जावत गर्न भने दिइएको थियो । आउजाउ गर्नेले कुनै सामान ल्याउन भने पाएका थिएनन् ।
चार महिनापछि यारी नाका भन्सार कार्यालय सञ्चालनमा आएको पाँच दिनमा चौध हजार रुपैयाँ राजस्व असुली भएको थियो ।




प्रतिक्रिया