फेसबुकले ल्यायो नयाँ फिचर, फोटो जुम गर्दा फसिएला है !


काठमाडौं – सामाजिक सञ्जाल फेसबुकले नयाँ फिचर ल्याएको छ । फेसबुकले इन्स्टाग्राममा भएको फिचर फेसबुक एपमा सुरु गरेको हो ।

यसको घोषणा कम्पनीले पछिल्लो महिना नै गरेको थियो तर प्रयोगकर्ताले यो नयाँ फिचर अब प्राप्त गर्न थालेका छन् ।

फेसबुकको आइओएस एपमा अब कुनै फोटोलाई डबल ट्याप गर्दा लाइक हुनेछ । इन्स्टाग्राममा निकै अघिदेखि यो फिचर लागू छ । कुनै फोटोलाई लाइक गर्दा तपाईंले डबल ट्याप गर्नुपर्ने हुन्छ । यदि तपाईं पनि कुनै प्रयोगकर्ताको फोटो जुम गर्नका लागि डबल ट्याप गरिरहनुभएको छ भने अब यो जुम नभएर लाइक हुनेछ ।

आजकाल सोसल मिडियामा फोटो र पोष्ट हेर्ने प्रयोगकर्तालाई फेसबुकको यो फिचरले फसाउन सक्छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement