फेसबुकले अष्ट्रेलियामा लगाएको समाचारमाथिको प्रतिबन्ध हटाउने


काठमाण्डु – फेसबुकले अष्ट्रेलियामा समाचार पेजमाथि लगाएको प्रतिबन्ध हटाउने घोषणा गरेको छ । गत बिहीबारदेखि समाचार साइटमा प्रतिबन्ध लगाउँदै आएको फेसबुकले मंगलबार यस्तो घोषणा गरेको हो ।

अष्ट्रेलियाका ट्रिएजर जोस फ्रिडेनबर्गले अष्ट्रेलियामा आगामी दिनमा फेसबुकको समाचार पेजमाथि लगाइएको प्रतिबन्ध हट्ने बताएका छन् ।

अष्ट्रेलियाले समाचार कन्टेन्टबाट हुने आम्दानीको हिस्सा मिडिया कम्पनीहरुसँग बाँड्नुपर्ने नियम ल्याएसँगै फेसबुकले समाचार पेजमाथि प्रतिबन्ध लगाएको थियो ।

अष्ट्रेलियाले भने अहिले ल्याइएको नियम प्रविधि कम्पनी र सञ्चारमाध्यमबीच समाचारको मूल्यको विषयमा स्वच्छ वार्ताको लागि अघि सारिएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement