प्रधानमन्त्री ओली, प्रचण्ड, देउवालाई फेसबुकमा गाली गर्ने मैनाली पक्राउ


काठमाडौं – सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई गाली गलौज गर्ने एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बारा सिमराका २८ वर्षीय सागर मैनाली रहेका छन् । मैनालीले फेसबुकमा भिडियो अपलोड गरेर मुलुकका विशिष्ट व्यक्तिलाई ‘काट्ने, मार्ने’ धम्की दिएका थिए ।

मैनालीलाई महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोलीले बाराबाट पक्राउ गरेर काठमाडौं ल्याएको प्रहरीले जनाएको छ । मैनालीविरुद्ध विदुतिय कारोबार ऐनअनुसार कारबाही थाल्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement