कर्फ्यु लगाउने भन्ने हल्ला निराधारः गृहमन्त्रालय


काठमाण्डु – गृहमन्त्रालयले कर्फ्यु लगाउने भन्ने हल्ला निराधार भएको स्पष्ट पारेको छ ।

मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले विद्युतीय माध्यममार्फत सुरक्षा संवेदनशीलतालाई जोडेर सरकारले संकटकाल वा कर्फ्यु लगाउने झुटो हल्ला फैलाइएको बताएका छन् ।

कर्फ्यु लगाउने भन्दै मोबाइल र सामाजिक सञ्जालमार्फत गलत हल्ला फैलिएपछि मन्त्रालयले यस्तो जानकारी दिएको हो । प्रवक्ता बुढाले उक्त विषयमा अनुसनधान अघि बढाइएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement