फरार अभियुक्त पक्राउ


काठमाडौँ – महानगरीय अपराध महाशाखाले चार लाख ५८ हजार रुपैँया ठगी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।

महाशाखाको टोलीले राष्ट्रिय वाणिज्य बैँकमा ऋण अधिकृत रहेका धादिङका ३० वर्षीय राजेन्द्रप्रसाद लुइँटेललाई सोमबार कलंकीबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

लुइटेलले कृष्णप्रसाद भट्टराईको मोरङमा रहेको जग्गा धितो राखी एक करोड ऋण मिलाइदिन्छु भन्दै चार लाख ५८ हजार लिएर फरार भएका थिए । रकम लिएर फरार भएका लुइँटेललाई भट्टराईले जिल्ला अदालत काठमाडौँमा निवेदन दिएपछि पक्राउ गरेको हो ।

लुइटेललाई ठगी मुद्दामा काठमाडौँ जिल्ला अदालतले २०७३ जेठ १० गते एक वर्ष कैद र चार लाख ५८ हजार जरिवाना सुनाएको थियो । पक्राउ लुइँटेललाई फैसला कार्यान्वयनका लागि आज जिल्ला अदालत काठमाडौँ पठाएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement