फरार अभियुक्त दीपक मनाङ्गे पक्राउ


रकाठमाडौं-  फरार अभियुक्त तथा प्रदेश ४ का प्रदेशभासभा सदस्य दीपक मनाङ्गेलाई प्रहरीले पक्राउ गरेको छ ।  उनलाई विहिबार महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको परिसरका प्रवक्ता एवं डीएसपी मोहन थापाले बताएका छन् ।

२०६९ मा मनाङ्गेलाई ज्यान मार्ने उद्योगमा तक्कालीन पुनरावेदन अदालत पाटनले ५ वर्ष कैदको सजाय सुनाएको थियो । सर्वोच्चले ज्यान मार्नेउद्योगमा ५ वर्ष जेल सजाय गर्ने तत्कालीन पुनरावेदन अदालतको सजाय  सदर गरे लगत्तै उनी फरार थिए ।

यसअघि  उनले २ वर्ष ३ महिना कैद सजाय भोगिसकेका छन् । मनाङ्गेले सांसदको सपथ समेत लिएका छैनन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement