भारतीय प्रहरीले पायो ठुलो सफलता, दुबईमा पक्राउ परे अन्डरवर्ल्डका डन दाउदका निकट सहयोगी


काठमाडौँ – भारतीय अन्डरवर्ल्डका डन दाउद इब्राहिका निकट सहयोगी फारुक टकला दुबईमा पक्राउ परेका छन् । उनलाई बिहीबार एयर इन्डियाको फ्लाइटबाट मुम्बई ल्याइएको छ । टकलालाई आजै विशेष टाडा अदालतमा उपस्थित गराउने तयारी गरिएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । उनीविरुद्ध अन्तर्रा्ष्ट्रिय प्रहरी संगठन इन्टरपोलमा सन् १९९५ मा रेड कर्नर नोटिस जारी भएको थियो ।

सन् १९९३ को मार्च महिनामा मुम्बईमा भएको श्रृङ्खलाबद्ध १२ बम विष्फोटको घटनामा उनी संलग्न भएको खुलेको थियो । त्यसयता फरार रहेका उनी २५ वर्षपछि पक्राउ गरेका हुन् । विष्फोटमा २ सय ५७ जनाको मृत्यु भएको थियो भने ७ सय जनाभन्दा बढी घाइते भएका थिए ।
यही घटनामा मुम्बई हमलाका मास्टरमाइन्ड टाइगर मेमनका भाई याकुब मेमनलाई सन् २०१५ मा फाँसी दिइएको थियो । अन्डरवर्ल्डका डन दाउद इब्राहिम पनि १९९३ देखि नै फरार छन् । उनी लामो समयदेखि पाकिस्तानमा रहेको सञ्चारमाध्यमहरुले उल्लेख गर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement