फास्ट ट्र्याकको सुरुङ निर्माण कार्य सुरु


काठमाण्डु – नेपाली सेनाले काठमाण्डु–तराई–मधेश द्रुतमार्गको सुरुङ निर्माण कार्य प्रारम्भ गरेको छ । सेनाले द्रुतमार्गमा पर्ने तीन सुरुङमार्ग निर्माणका लागि आह्वन गरिएको बोलपत्रको पूर्व योग्यता खोलेको जनाएको छ ।

सेनाले सुरुङमार्गलाई दुई वटा प्याकेजमा विभाजन गरेर प्रस्ताव माग गरेको छ । प्याकेज १ मा एउटा सुरुङमार्ग र प्याकेज २ मा दुई वटा सुरुङमार्ग राखिएको छ ।

द्रुतमार्गमा पर्ने सुरुङमार्ग निर्माणका लागि दुई वटा प्याकेजमा ४३ वटा कम्पनीले प्रस्ताव बुझाएका छन् ।

छोक्रेडाँडादेखि धेद्रेखोला सुरुङमार्गका लागि २१ र धेद्रेखोलादेखि लेनडाँडा सुरुङमार्गका लागि २२ कम्पनीले बोलपत्र दाखिला गरेको सेनाले जनाएको छ ।

बोलपत्र दाखिला भएका योग्य कम्पनीलाई सूचीकृत गर्ने सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement