फौजदारी कसुर सम्बन्धी विधेयक पारित


काठमाण्डु –  फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, २०७९ पारित गरिएको छ ।

प्रतिनिधिसभाको बिहीबारको बैठकले फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, २०७९ सर्वसम्मतले पारित गरेको हो ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री श्री गोविन्द प्रसाद शर्मा (कोइराला)ले उक्त विधेयक पारित गरियोस् भनि प्रस्ताव गरेका थिए । सभामुख अग्निप्रसाद सापकोटाले निर्णयार्थ प्रस्तुत उक्त प्रस्तावलाई बैठकले सर्वसम्मतले पारित गरेको जानकारी दिए ।

निर्णयार्थ प्रस्तुत गरिनुअघि बैठकमा सो विधेयकमाथि छलफल भएको थियो । प्रतिनिधिसभाको अर्काे बैठक २४ असार दिउँसो २ बजे बस्ने सभामुख सापकोटाले बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement